
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपीडितलाई दिँदै आएको सहयोगमा थप एक लाख दिने निर्णय गर्दा प्रक्रिया नमिलेको स्वीकारेका छन् ।
‘भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख रुपैयाँ दिने निर्णय गर्दा त्रुटि भएकै हो’, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समिति बैठकमा शुक्रबार उनले भने, ‘यो निर्णय आफ्नै अध्यक्षतामा गठन भएको निर्देशक समिति हुँदै मन्त्रिपरिषद्बाट अनुमोदन हुनुपथ्र्यो।’ बैठकमा देउवाले अब यस्तो त्रुटि नहुने बताएका थिए ।
मन्त्रिपरिषद्को गत १० गतेको बैठकले भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख दिने निर्णय गरेको थियो । समिति बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख युवराज भुसालले भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख रुपैयाँ दिनेलगायतको प्रगतिविवरण प्रस्तुत गरेपछि समिति उपाध्यक्ष भीमबहादुर रावलले आपत्ति जनाएका थिए । आजको अन्नपूर्णमा खबर छ ।