काठमाडौं । हुम्लाका स्थानीय नागरिकता लिनकै लागि लामो समय कुर्नुपर्ने झन्झटबाट मुक्त हुने भएका छन् । अब जिल्ला प्रशासन कार्यालय हुम्लाले सेवाग्राहीलाई १० मिनेटमै नागरिकता प्रदान गर्नेगरी गृहकार्य थालेको छ ।
नागरिकतालगायतका काम कम्प्युुटर प्रणालीद्धारा हुने भएपछि नागरिकले चाँडो सेवा पाउने भएका छन् । २र३ दिनसम्म पैदल हिँडेर सदरमुकाम सिमकोट पुगेर नागरिकता लिनुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुने भएका हुन् ।
जिप्रका हुम्लाबाट हुने सबै काम छिटो र छरितो तरिकाले सम्पन्न गर्न निर्देशन दिएको र काम पनि सुरू भएको प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिए ।
केही कम्युटर जडान भइसेकेको र केही कम्प्युटर चाँडै कार्यालयमा जडान हुने पनि उनले जानकारी दिए । सबै काम कम्युटर प्रणालीमार्फत हुने भएपछि घण्टौ लाग्ने काम अब चाँडै हुने प्रजिअ शर्माको विश्वास छ । आजको नयाँ पत्रिकामा खबर छ ।