
भक्तपुर । भक्तपुर नगरपालिका १० कमलविनायककी पाँच वर्षीया परी (नाम परिवर्तन) ले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुःखेको बताउँछिन् । धाई आमाले हेर्दा उनको अविकसित यौनाङ्गमा घाउचोट देखिन्छ। तर उनले आफ्नी सानी नानी बलात्कारको शिकार भएको अनुमान त के सपनामा समेत सोचेका थिइनन् ।
त्यसैले परीको यौनाङ्ग धोईपखाली तेल मालिस गरेर मल्हम लगाइदिन्छिन् । तैपनि परीलाई सञ्चो हुँदैन । त्यसको तीन दिनपछि स्थानीय स्वास्थ्य केन्द्रमा देखाएर औषधि उपचार हुन्छ र दुख्न छोड्छ। यत्तिकैमा दुई हप्ता बित्छ । एकदिन परीले आफ्नै उमेरका बालकसँग खेल्ने क्रममा बालकमाथि घोडा चढ्छिन् । उनले बालकलाई घोडा चढेको बालककी आमाले देख्छिन् र हप्काएर परीलाई ‘तिमीले के गरेको’ भन्छिन् । परीले माया गरेको उत्तर दिन्छिन् ।
फेरि बालककी आमाले यस्तो माया गर्न तिमीलाई कसले सिकायो भन्दै सोध्छिन् । परीले फलाना दादाले मलाई यसरी नै माया गर्नुभएको थियो भनी उत्तर दिन्छिन् । अनि बालककी आमालाई झन् बढी जान्ने उत्सुकता जाग्छ। उनले परीसँग थप सोध्छिन्, ‘दादाले अरु के के गर्नुभयो ?’ आजको अन्नपूर्णमा खबर छ ।