
पर्सा । भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका २ सय ५० चामल उद्योग बन्द भएका छन् । स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको साटो चामल बढी आयात भएकाले यहाँका चामल उद्योग संकटमा परेका हुन् ।
एक वर्षयता केही उद्योगले भारतबाट चामल ल्याएर आफ्नो ब्रान्डका बोरामा प्याक गरी बजारमा पठाउन थालेपछि आफैं चामल उत्पादन गर्ने उद्योगहरू झन् समस्यामा परेका छन् । प्रसौनीस्थित राइस मिल व्यवसायी विनय साह ७ वर्षअघिसम्म पर्सा बारामा करिब ३ सयको संख्यामा रहेका चामल उद्योगमध्ये २ सय ५० बन्द भइसकेका बताउँछन् ।
हाल ४०/५० मा सीमित भएका चामल उद्योगमध्ये पनि आधाजसो संकटग्रस्त भएर बन्द हुने अवस्थामा रहेको उनले बताए । आजको कान्तिपुरमा खबर छ ।
Facebook Comments Box