काठमाण्डौं । नेपाल राष्ट्रबैंकका गर्भनर चिरञ्जिवी नेपालले जनताको धनको पूर्ण सुरक्षाको प्रत्याभुति नभएसम्म सबै स्थानीय तहमा बैकिङ सुविधा विस्तार गर्न नसकिने बताउनुभएको छ ।
काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको दोश्रो बैकिङ्ग एक्स्पोको उद्घाटन गर्दै उहाँले सुरक्षाको व्यवस्था नभएकाले सबै स्थानमा वित्तिय संस्था पुग्न नसकेको बताउनुभएको हो ।
गर्भनर नेपालले अझै पनि बैकिङ्ग सुविधा सिमिति व्यक्तिमा मात्रै रहेको भन्दै वित्तिय साक्षारता बढाउन बैक तथा वित्तिय संस्थालाई आग्रह गर्नुभयो । वित्तिय क्षेत्र सम्बन्धी जानकारी दिन गरिएको एक्स्पोमा न्युन उपस्थिती हुनुले वित्तिय साक्षारताको अवस्थालाई उजागर गरेकाले त्यस तर्फ गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, ब्रोकर एसोसिएसन लगायत विभिन्न वित्तीय संघसंस्था तथा बैंक, बीमा, रेमिट्यान्स, मर्चेन्ट बैंक लगायतको सूचनामूलक स्टलहरु रहेका छन् ।
एक्स्पोमा बैंक, बीमा, सेयर बजार एवम् उद्यमशीलता विषयमा गोष्ठी पनि संचालन हुने आयोजकले जनाएका छन् ।
Facebook Comments Box