
रुकुमकोट । आफ्नो मुखैमा आएको भाग खोसिएको भन्दै थाल बजाएर रुकुमकोटबासीले बुधबार रुकुमकोटमा प्रदर्शन गरेका छन्। माघ ९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपालको कान्छो जिल्लाका रुपमा रहेको रुकुम पूर्व जिल्लाको अस्थायी सदरमुकामका रुपमा रहेको रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिका १२ गोलखारामा सार्ने भने लगत्तै निरन्तर विरोधमा उत्रिएका स्थानीय बिहीबार थाल ठटाएर प्रदर्शनमा उत्रिएका हुन्।
बिहीबार रातिदेखि हरेक साँझ रुकुमकोट र आसपासका क्षेत्रमा निरन्त र मसाल जलुस गरिहेका छन् भने जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत अन्य सरकारी कार्यालयमा २४ घण्टे धर्ना जारी राखेको स्थानीय वसन्त गौतमले जानकारी दिए।
सरकारले तत्कालीन समयमा अर्को व्यवस्था नभएसम्मका लागि सदरमुकाम तोकेको रुकुमकोटमा नै कायम हुनुपर्ने र सरकारले पछिल्लो पटक गरेको निर्णय खारेज गर्नुपर्ने माग स्थानीयको छ। आन्दोलनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता-कार्यकर्ता, पेशागत संघ-संगठन तथा सर्वसाधारण नागरिक सहभागी छन्। अाजकाे अन्नपूर्णमा खवर छ ।