
काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग्न डा गोविन्द केसी काठमाडौं सिडियो कार्यालय जाने भएका छन् । बुधवार १० बजे बबरमहलस्थित कार्यालयमा जाने उनले बताएका छन् ।
नागरिकलाई सूचना हक अन्तर्गत निवेदन दर्ता गरी उनको नागरिकताको प्रतिलिपि माग्ने डा केसी अलायन्सका डा अभिषेकराज सिंहले बताए । उनीसँगै अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, कलाकार रवीन्द्रसिंह बानियाँ र डा सिंह त्यहाँ पुग्नेछन् ।
न्यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको आरोप डा केसीले लगाएका छन् । न्यायपरिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लिखित जन्ममिति फरक रहेको विषयमा लामो समयदेखि विवाद भइरहेको छ ।
Facebook Comments Box