
कञ्चनपुर । कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एकजनाको मृत्यु भएको कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले सडक फराकिलो बनाउँदा अवरोध गरेको छ ।
बेलौरी नगरपालिका–१० सडकघाटमा एसएसबीले अवरोध गरेको बताउँदै वडाअध्यक्ष हरिलाल चौधरीले भने, ‘हाम्रैै भूमिमा सडक फराकिलो बनाइरहेका थियौँ, भारतीय एसएसबीले रोकिदियो ।’
नगरपालिकाको सडक फराकिलो बनाउने योजनाअन्तर्गत केही दिनदेखि सडकघाटमा निर्माणको काम भइरहेको थियो । वडाध्यक्ष चौधरीका अनुसार चालू आर्थिक वर्षमा दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाउन आठ लाख रुपैयाँ विनियोजन गरिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box