सिरहा । सिरहाको गोलबजारस्थित एक कम्प्युटर पसलमा मंगलबार आगोलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

सुधीर इन्टरप्राइजेज नामक पसलमा आगोलागी हुँदा ल्यापटप, प्रिन्टर मेसिन, कम्प्युटरसम्बन्धी सम्पूर्ण उपकरण जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिए ।
आगोलागीको कारण भने खुलिसकेको छैन ।
Facebook Comments Box