विर्तामोड । झापाको बिर्तामोड स्थित चारपाने चोकमा सीसी क्यामेरा जडान गरिएको छ ।
झापाको बिर्तामोड नगरपालिकाको मुख्य चोकमा सीसी क्यामेरा जडान कार्य सुरु गरिएको हो । प्रविधि प्रयोग गरेर सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउनका लागि चारपाने चौकबाट क्यामेरा जडान कार्य सुरु गरिएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाको प्रस्ताव तथा स्थानीय तह र स्थानीय संघसंस्थाको सहयोगमा बिर्तामोडका सडकहरुमा सीसी क्यामेरा जडान गर्न थालिएको हो ।
केही महिना अघि बिर्तामोडको आन्दोलका कारण धेरै सिसि क्यामेराहरु क्षती भएकाले बिर्तामोडमा सूरक्षा चुनौती बढ्दै गएको थियो ।
Facebook Comments Box