![]()
काठमाडौँ । सरकारले पर्यटन क्षेत्रको प्रवर्धनका लागि होटल व्यवसायमा खुकुलो मापदण्ड तय गरेपछि पछिल्लो दिनमा सो क्षेत्रमा लगानी गर्नेहरु बढ्दै गएका छन् ।
पर्यटन विभागका अनुसार पर्यटन क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको होटल, रेष्टुराँ तथा रिसोर्टको संख्या बढेर एक हजार २०० पुगेका छन् । यस्तै १०० वटा नयाँ होटल थपिने क्रममा रहेको छ । हाल होटलको ‘बेड’ संख्या ४२ हजार रहेको छ ।
लगानीमा भएको बढोत्तरीले रोजगारीको अवसरमा वृद्धि भएको छ भने आर्थिक क्षेत्रको थप उन्नयनमा बल मिलेको छ । राजनीतिक अस्थिरता, लगानीमैत्री वातावरण नभएको भन्दै पछिल्ला वर्षमा नयाँ होटल नथपिए पनि हाल थपिएका र निर्माणका क्रममा रहेका दर्जन चारतारे होटलले नेपालको पर्यटन प्रवद्र्धनमा गुणात्मक फड्को मार्ने विश्वास लिइएको छ ।
Facebook Comments Box