
काठमाडौं । नेपाली आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारत सरकारले पद्मश्री पुरस्कारले सम्मान गर्ने भएको छ । भारतको गणतन्त्र दिवसको पूर्वसन्ध्यामा डा रुइतलाई त्यहाँको नागरिक सम्मान पद्मश्री दिने घोषणा गरिएको हो ।
भारतले नागरिकलाई दिने सम्मान भारतरत्न, पद्मभूषण र पद्मविभूषणपछिको चौथो दर्जामा पद्मश्री छ । आँखामा हुने मोतिबिन्दुको उपचारमा सरल र कम लागतको चिकित्सा पद्दतिको शुरुवात गरेका डा रुइतले आफ्नै हातले एक लाखभन्दा बढी व्यक्तिको मोतियाबिन्दुको शल्यक्रिया गरेको भारतको प्रेस इन्फर्मेसन ब्यूरो ९पीआईबी०ले उल्लेख गरेको छ ।
Facebook Comments Box