
भद्रपुर । महिला तथा बालबालिका कार्यालय झापाले अपाङ्ग तथा सुस्त मनस्थिति भएका बालबालिकालाई २० थान व्ल्याङ्केट वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा २० थान व्ल्याङ्केट वितरण गरिएको प्रमुख महिला विकास अधिकृत इन्दिरा ओझाले बताइन् ।
उनका अनुसार कार्यालयले विहीबार पुकार अपाङ्ग अशक्त समाज सुरुङ्गालाई १५ थान व्ल्याङ्केट प्रदान गरेको थियो । त्यहाँ उठ्न नसक्ने नौ जना समेत गरी १२ जना सुस्तमनस्थितिका बालबालिका रहेका छन् ।
कार्यालयले विहीबार नै अर्जुनधारामा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई पाँच थान व्ल्याङ्केट प्रदान गरेको छ । उक्त संस्थाले अपाङ्ग तथा सुस्त मनस्थितिका बालबालिकाहरुलाई आवासीय शिक्षा दिँदै आएको छ ।
Facebook Comments Box