काठमाडौँ । सामाजिक सुरक्षा भत्ता पाउनेको उमेर हदलाई घटाइ ६५ वर्ष कायम गरेकोमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालले सरकारप्रति आभार प्रकट गरेको छ ।
मन्त्रिपरिषद्को यही माघ १० गतेको बैठकले ज्येष्ठ नागरिकको मासिक सामाजिक सुरक्षा भत्ता पाउने उमेर हदलाई घटाइ ६५ वर्ष कायम गरेको हो । यसअघि सामाजिक सुरक्षा भत्ता पाउनेको उमेर हद ७० वर्षमाथि तोकिएको थियो ।
महासंघका अध्यक्ष छत्रबहादुर प्रधानले आज एक विज्ञप्तिमार्फत सरकारलाई धन्यवाद दिँदै ज्येष्ठ नागरिकका लागि राज्यले संविधानको मर्म र भावनाअनुरुप कार्यान्वयन गर्नेतर्फ सरकारउन्मुख रहेको बताउनुभयो ।
Facebook Comments Box