
पर्सा । अमलेखजन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइन निर्माणका लागि पाइप नेपाल आउने क्रम सुरु भएको छ । वीरगन्ज भन्सार कार्यालयबाट पहिलो लटका आधा दर्जन गाडीले ल्याएका कालो स्टिल पाइप मंगलबार जाँच गरिएको छ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार पाइप लाइन परियोजना निर्माणको जिम्मा पाएको इन्डियन आयल कर्पोरेसनले पाइप बोकेका आधा दर्जन लरीको जाँच गराएको छ।
सबै पाइप बिनाभन्सार शुल्क जाँच गरी पठाइएको उनले बताए। ‘नेपाल र भारतबीचको दुई देशीय सम्झौताअनुसार यो नाकाबाट भित्रिने पाइपलाइन निर्माणमा प्रयोग हुने सामानमा भन्सार शुल्क लाग्दैन,’ यादवले भने, ‘अर्थ मन्त्रालय र भन्सार विभागले यस सम्बन्धमा आपसी समन्वय गरेका छन्।’ अाजकाे कान्तिपुरमा खवर छ ।
Facebook Comments Box