
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा ‘अनियमितता’भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
आयोग स्रोतका अनुसार अनियमितताको निष्कर्षका साथ सुरु भएको विस्तृत अनुसन्धानका क्रममा कार्यकारी निर्देशकलगायतका अधिकारीसँग बयान लिन थालिएको छ ।
‘जग्गा खरिदमा प्रत्यक्ष जोडिएका पदाधिकारीहरुसहित निगमका सबैजसो निर्देशकसँग बयान र कागज भइसकेको छ ’ स्रोतले भन्यो, ‘त्यसै क्रममा मंगलबारदेखि कार्यकारी निर्देशक गोपाल खड्कासँग अख्तियारले बयान लिन थालिएको छ ।’
स्रोतका अनुसार खडकासँग बयान बुधबारसमेत जारी रहने छ । आजको कान्तिपुरमा खबर छ ।
Facebook Comments Box