काठमाण्डाैं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४÷७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ ।
इन्धन र सवारी साधनबाट मात्र २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो ।
चालु आवको पुस मसान्तसम्म वीरगञ्ज भन्सार कार्यालयले कुल राजश्वको आधाभन्दा बढी इन्धन र नयाँ सवारी साधनबाट उठाएको छ । कार्यालयले छ महिनामा मात्रै भारतबाट नेपाल भित्रिएका सवारी साधनबाट २१ अर्ब ७९ करोड र इन्धनबाट सात अर्ब ९५ करोड १९ लाख राजश्व संकलन गरेको छ ।
Facebook Comments Box