धनकुटा । राजधानीको माग राख्दै चरणबद्ध आन्दोलनमा रहेका धनकुटाबासीले आज आ–आफ्नो घरको कौसीबाटै थाल ठटाएर विरोध गरेका छन् ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले स्थानीयले आ–आफ्नै घरको कौसीमा बसेर थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।
मध्याह्न १२ बजेदेखि एक घण्टा धनकुटा बजारका नागरिकले थाल ठटाएका हुन् । स्थानीय प्रशासनले धनकुटामा तीन दिनदेखि निषेधाज्ञा जारी गरेको छ ।
Facebook Comments Box