
काठमाडौं । चालु आवको पहिलो पाँच महिनामा अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक भएका छन् । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितिले अर्थतन्त्र थप संकटउन्मुख रहेको देखाएको छ ।
पूर्वअर्थ सचिव डा.शान्तराज सुवेदी अहिलेका आर्थिक सूचांकले अर्थतन्त्र चुनौती उन्मुख भएको देखाएको बताए । उनले भने, ‘अहिले आत्तिनुपर्ने अवस्था भने छैन । यसका लागि अर्थतन्त्रको यो प्रवृत्तिलाई परिवर्तन गर्नु जरुरी छ । बाटो बिराउन थालेको अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउन ढिला भइसक्यो ।’
चालु आवको पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाहमा आएको शिथिलता र चुलिँदै गएको व्यापार घाटाका कारण देशको शोधनान्तर घाटामा गएको छ । चालु आवको मंसिर मसान्तसम्म नौ अर्ब २७ करोड रुपैयाँ शोधनान्तर घाटा छ । आजको अन्नपूर्णमा खबर छ ।
Facebook Comments Box