
रौतहट । नेपाल भारतको सिमाना छुट्याउन गाडिएको ७० प्रतिशत बढी सीमा स्तम्भ जिर्ण भई काम नलाग्ने अवस्थामा पुगेको छ ।
सीमा स्तम्भको अवस्था अवलोन गर्न खटिएका दुबै देशका संयुक्त प्रविधिक टोलीले अनुगमन निरीक्षणको क्रममा यस्तो भेटाएको हो। दशगजालाई खेतमा परिणत गर्ने क्रममा स्थानीय किसानले फुटाएको, दशगजालाई सडकको रुपमा प्रयोग गरी सवारी कुदाउँदा विभिन्न स्थानमा ठोक्किएको कारणले स्तम्भहरु जीर्ण बनेको टोलीको ठम्याई छ ।
भेटाएको मध्ये ७० प्रतिशत बढी सीमा स्तम्भ जीर्ण भई काम नलाग्ने अवस्थामा पुगेको भारतीय सर्वेक्षण विभाग उत्तराखण्ड देहरादुनका सर्भेयर धनसिंह असवालले बताए ।
‘मझौला तथा साना (माईनर) सीमा स्तम्भ ड्यामेज भएका छन,’ उनले भने, ‘ति सीमा स्तम्भलाई फेर्नै पर्छ।’ ड्यामेज भएको सिमा स्तम्भ फेरिने उनले बताए। ती स्थानमा ३ पाटे सिमा स्तम्भ गाडिने उनले जनाए । आजको कान्तिपुरमा खबर छ ।