
काठमाडौं । ल्होसार पर्वका कारण चिनियाँ सामग्री आयातको काम सोमबारदेखि ठप्प भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार नेपाल पठाइने सामग्री ट्रक कन्टेनरमा लाद्ने जिम्मा लिई केरुङमा काम गर्दै आएका ट्रान्सपोर्टहरुले ल्होछार मनाउनसात दिनका लागि सामान नलाद्ने सूचना जारी गरेपछि केरुङबाट नेपाल आयात हुने काम स्थगन पनि सामान लिन जाने ट्रक र कन्टेनरलाई केरुङ जान भने नरोकिएको बताइएको छ ।
मालवाहक ट्रक र कन्टेनर बन्द हुँदा टिमुरे क्षेत्रको चहलपहलमा कमी आएको स्थानीयवासीले बताएका छन्। नेपाली व्यवसायीका लागि चीनको गान्जाउ र ल्हासादेखि केरुङसम्म सामान ढुवानी गर्ने ठूलो कम्पनी मुसा ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङसे पिङले अहिले तिब्बती ल्होछार भएको र मोटरमा सामान अदलबदल गर्ने सबै कामदार तिब्बती भएका कारण काम बन्द गरेको जानकारी दिए। आजको कान्तिपुरमा खबर छ ।
Facebook Comments Box