
काठमाडौं । तराई मधेस र विकट जिल्लामा बढेको जाडो र शीतलहरले मर्नेको संख्या लगातार बढ्दो छ । शीतलहरले रौतहटमा १९ र बाजुराको एउटै गाउँमा १० को मृत्यु भएपछि बस्ती शोकमग्न भएको छ ।
शीतलहरले रौतहटमा १९ को मृत्यु भएको छ । गौर, बौधीमाइ, कटहरिया, राजदेवी, गुजरा, यमुनालगायतका बस्तीमा १९ को मृत्यु भएको हो ।
यस्तै, बाजुराको जगन्नाथको हुनीगाउँमा १० को मृत्यु भएको छ । जगन्नाथ–४ मा काली कामीको परिवारका सबैको मृत्यु भएपछि किरिया गर्नेसमेत छैनन् । आजको राजधानीमा खबर छ ।
Facebook Comments Box