
राजविराज । तिलाठी कोइलाडी गाउपालिका खाडोखोलाको पूर्वी तटबन्ध नजिक चियापसल गरिरहेकी कुसुमदेबी मण्डललाई नेपाल रेडक्रस सोसाईटी सप्तरीले उनलाई दुईथान कम्बल उपलब्ध गरायो ।
तर उनले ती कम्बल घर लगेर जाडो छल्न प्रयोग गरेनन् । घर भित्र रहेको बाकसमा सुरक्षित राखे । ‘यसैवर्ष छोरीको बिहे गर्नुछ उनलाई दिनका लागि राखे’ कुसुमदेबीले भने ।
शनिवार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नम्बर २ का सासंद उपेन्द्र यादबले छिन्नमस्ता गाउपालिकाको लोखरममा कम्बल बितरण गर्दे भने, ‘यो कम्बल जाडो छल्नका लागि ओढ्नु होला, पाहुनाका लागि साचेर नराख्नु होला ।’
पछिल्लो २ सातादेखि जिल्लाका बिभिन्न वस्तीमा बिभिन्न संघ संस्थाको सहयोगमा कम्बल बितरण गर्दे आएका सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अनुभव पनि फरक छैन् । आजको कान्तिपुरमा खबर छ ।
Facebook Comments Box