
काठमाण्डाैं । उर्जामा महिला सहभागिता नहुँदामहिलाहरुको आर्थिक, सामाजिक विकासमा समस्या उत्पन्न भएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
राजनीतिक क्षेत्रमा संविधान र कानुनले महिलालाई अधिकार सुनिश्चित गरेको छ । तर दैनिक जीवनयापनसँग सम्बन्धित ऊर्जा क्षेत्रमा भने महिला सहभागिताबारे कुनै प्रावधान छैन ।
ऊर्जा र वातावरणका लागि महिला सञ्जालले आयोजना गरेको अन्तक्रियामा विभिन्न क्षेत्रमा महिला सहभागिता बढ्दै गएपनि ऊर्जासँग सम्बन्धित नीति निर्माणदेखि उपयोगका कुनैपनि क्षेत्रमा सहभागि नगराएकाले यसलाई बढाउनुपर्नेमा उनिहरुको जोड छ ।
कार्यक्रममा ऊर्जािवद देवेन्द्र अर्यालले परम्परागत ऊर्जा स्रोतमा निर्भर रहेका महिलालाई ऊर्जा अधिकारप्रति सचेत नगराएसम्म उनीहरुको आर्थिक सशक्तीकरण हुन नसक्ने बताउनुभयो ।
Facebook Comments Box