काठमाडौँ । अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्रसम्बन्धी कारोबार गर्ने एकमात्र निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समग्र अर्थतन्त्रको दिशानिर्देश गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
नेप्सेको २५औँ वार्षिकोत्सव तथा रजत महोत्सवका अवरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले संस्थाले संस्थागत सुशासन तथा पारदर्शीतामा ध्यान दिनुपर्ने बताउनुभयो ।
नेप्सेलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिँदै उहाँले क्षमता अभिवृद्धि, नवीन प्रविधिको प्रयोग, नागरिकमैत्रीलगायतका क्षेत्रमा विशेष ध्यान दिन निर्देशन दिनुभयो । अर्थमन्त्री कार्कीले सेवाको विविधीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
Facebook Comments Box