
बारा । बाराको निजगढ-२ सिगौलमा निर्माणाधीन जनता सभागृह भवन निर्माणमा आर्थिक अभाव भएको छ ।
तत्कालीन बारा क्षेत्र नं. ६ का सासंद एवं जनता पूर्वखेलकुद मन्त्री पुरुषोत्तम पौडेलले भवनको शिलान्यास गरेका थिए ।
शिलान्यास भएसँगै निर्माण थालिएको भवन निर्माणमा सांसद विकास कोषबाट १५ लाख, सहरी विकास कोषबाट ५ लाख गरी २० लाख खर्च भएको निर्माण समितिका अध्यक्ष मनकुमार थापाले जानकारी दिएका छन् ।
भवनको निर्माणका लागि सिमेन्ट खरिद गर्न आर्थिक अभावमा भएपछि निर्माण कार्य रोकिएको निर्माण समितिका अध्यक्ष थापाले बताए ।
भवनमा एउटा कार्यालयसहितसभा हल रहनेछ । रकम जुटाउन महायज्ञ गरिने जनतासभा भवन निर्माणका लागि आर्थिक अभाव भएपछि रकम जुटाउन स्थानीय शिव मन्दिरमा श्रीमद् भागवत ज्ञान सप्ताह महायज्ञ आयोजना गरिने भएको छ । २६ माघदेखि ८ फागुनसम्म महायज्ञ आयोजना गरिने भएको हो ।
Facebook Comments Box