
विर्तामोड । विहान आगो ताप्ने क्रममा झापा बुद्धशान्ति गाउँपालिका ३ की तारा भट्टराई जलेर घाइते भएकी छिन्। उनको विर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचार भइरहेको छ। उनलाई आइसोलेन वार्डमा राखेर उपचार गरिराखिएको अस्पतालका जन सम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए।
शनिवार विहान नुहाइसकेर आगो ताप्नेक्रममा उनको कपडा आगोले भेटेको थियो । उनको कम्मरमुनीको भाग जलेको छ। आगो ताप्ने क्रममा उनको शरीरमा थाहै नपाई आगो सल्किएको पारीवारिक स्रोतले जानकारी दिएको छ।
आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत सामान्य घाइते भएका छन्।
Facebook Comments Box