
काठमाडौं । सन् १९५० को नेपाल भारत सन्धि परिमार्जन गर्न भारत तयार भएसंगै नेपाल भारतबीचको प्रबुद्ध व्यक्ति समूह(इपिजी)को छैठौं बैठक शुक्रबार नयाँदिल्लीमा सम्पन्न भएको छ। बैठक सन् १९५० को सन्धि संशोधनमा केन्द्रीत भएको थियो।
बैठकमा भारतीय अधिकारीहरु नेपालको प्रस्तावअनुसार सन्धिका चार बुँदा परिमार्जन गर्न तयार भएको बैठकमा सहभागी एक नेपाली अधिकारीले बताएका छन् । उक्त सन्धि असमान भएको भन्दै नेपालले परिमार्जनका लागि भारतसँग आग्रह गर्दै आएका छ ।
बैठकले आगामी आगामी बैठक फागुनमा काठमाडौंमा गर्ने र त्यस बैठकदेखि साझा प्रतिवेदन लेखन सुरु गर्ने निर्णय पनि गरेको छ। इपिजीको म्याद आगामी साउनमा सकिँदैछ ।
बैठकमा नेपालका तर्फबाट डा.भेषबहादुर थापा, सूर्यनाथ उपाध्यय, निलाम्बर आचार्य र डा.राजन भट्टराई सहभागी भएका थिए।
भारतको तर्फबाट भगतसिंह कोश्यारी, जयन्त लामा,महेन्द्र पी लामा र बिसी उप्रेती समहभागी थिए ।
सन्धि परिमार्जन तथा सीमा क्षेत्रका समस्या समाधानका लागि डेढ वर्षअघि इपिजीकाे गठन भएको थियाे ।