
काठमाडौं । स्विडिस कम्पनी टेलिया (साबिकको टेलियासेनेरा) लाई पँुजीगत लाभकरबापत ६५ अर्ब रुपैयाँ तिर्न सरकारले ताकेता गरेको बेला राष्ट्रबैंकले करिब ८ अर्ब रुपैयाँ लाभांश लैजान स्वीकृति दिएको छ ।
एनसेलको स्वमित्व बिक्री गरेर बाहिरिएको स्विडिस कम्पनी टेलियालाई लाभांश लैजान सर्वोच्च अदालतले दिएको थियो । त्यही आदेश केही दिनअघि सार्वेच्च अदालतले दिएको थियो त्यही आदेश बमोजिम टेलियालाई आभांश लैजान राष्ट्र बैंकले अनुमति दिएको हो ।
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आर्थिक वर्ष २०७२।०७३ को लाभांशबापत टेलियालाई ८ अर्ब रुपैयाँ लैजान अनुमति दिएको जानकारी दिए । आजको नागरिकमा खबर छ ।
Facebook Comments Box