
काठमाडौं । प्रहरीले प्रा. डा. गोविन्द केसीलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनसनस्थलबाट पक्राउ गर्दैछ । अहिले अस्पतालको हाताभित्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
सर्वोच्च अदालतले अवहेलना मुद्दामा उनलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसनमा बस्दै थिए ।
अनसन सुरु गर्नु अघि पत्रकार सम्मेलनमा डा. केसीको पत्रकार सम्मेलनमा गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए ।
डा. केसीको अभिव्यक्ति अएलगत्तै न्यायधिश डम्बरबहादुर शाहीको एकल इजलाशले डा . केसीलाई पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै अदालत प्रशासनले डा. केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो।
Facebook Comments Box