बिर्तामोड । आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावका लागि एमालेले बिर्तामोड नगरपालिकामा मेयर र उपमेयरसहित सबै वडामा उम्मेदवारी घोषणा गरेको छ ।
शुक्रबार आयोजित उम्मेदवारी घोषणासभामा पार्टीका प्रदेश कमिटी सदस्य सोम पोर्तेलले मेयर र उपमेयरसहित सबै वडामा उम्मेदवारी घोषणा गरेका हुन् ।
पार्टीले बिर्तामोडको मेयरमा धु्रव शिवाकोटी र उपमेयरमा पवित्रा महतरा प्रसाईंलाई एमालेले उम्मेदवार बनाएको छ ।
शिवाकोटी अनारमनी गाविसका पूर्व अध्यक्ष हुन् भने हाल उनी माछापालन व्यवसायमा पनि संलग्न छन् ।
उपमेयरका लागि अघि सारिएकी प्रसाईं पार्टीकी नगर सह-इञ्चार्ज हुन् ।
कुन वडामा को ?
एमालेले बिर्तामोडको वडा नं. १ मा अग्नीप्रसाद पाण्डे, वडा नं. २ मा नगेन्द्रप्रसाद संग्रौला, वडा नं. ३ मा अमृतबहादुर बुडाथोकी, वडा नं. ४ मा नन्दलाल खरेल र वडा नं. ५ मा राजेन्द्र लिङ्देनलाई उठाउने भएको छ ।
त्यस्तै, वडा नं. ६ मा राजेशकुमार कन्दङ्वा, वडा नं. ७ मा टिकाराम खरेल, वडा नं. ८ मा शेखर कडेल, वडा नं. ९ मा पवित्रा पाठक र वडा नं. १० राजेन्द्र कडरियालाई वडाध्यक्षमा उम्मेदवार बनाइएको छ ।
