
दमक । पाडाजुँगी–गौरिगन्ज भित्री सडकखण्ड अन्तर्गतको गौरादह–२ नगरटोलमा आज बिहान भएको सवारी दुर्घटनामा चारजना गग्भीर घाइते भएका छन् ।
पाडाँजुगीबाट गौरिगन्जतर्फ आउँदै गरेको मे१त ४४३४ नं को ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको को१ख ४२९१ नं को यात्रुवाहक बसले ‘ओभरटेक’ गरी ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी गौरादह–५ निवासी ३७ वर्षीया बिमला भुजेलसहित चारजना घाइते भएका छन् ।
घाइते हुनेमा ट्याक्टरका सहचालक ३५ वर्षीय अजय मण्डल, बसमा सवार गौरादह–३ निवासी ४० वर्षीया शारदा डाँगी र २० वर्षीया अनिषा भण्डारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box