बिर्तामोड । नेकपा एमालेले लामो रस्साकस्सीपछि बिर्तामोड र मेचीनगर नगरपालिकाको मेयर पदको उम्मेदवार टुङ्गो लगाएको छ ।
पार्टी स्रोतका अनुसार मेचीनगरको मेयरमा नेता विष्णु प्रसाईं र बिर्तामोडको मेयरमा ध्रुव शिवाकोटीलाई एमालेले उम्मेदवार बनाउने बुधवार निधो गरेको छ ।
आकांक्षीहरुबीचको तानातान मिलाउन नसकेर जिल्ला हुँदै प्रदेश कमिटीमा अल्झिरहेको यी दुई नगरको उम्मेदवार विवाद अन्तत: केन्द्रको समेत संलग्नतामा टुङ्गिएको छ ।
तथापि, निर्णय बारेमा पार्टीले औपचारिक जानकारी बिहीवार मात्र दिने सम्भावना छ । उपप्रमुखको सम्बन्धमा पनि बिहीवार मात्र अन्तिम छिनोफानो हुने भएको बुझिएको छ ।
Facebook Comments Box