बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–१ कि ६८ वर्षिया जञ्जाली रानालाई झण्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावले खुशी तुल्याए पनि भोट दिन भने निकै सकस हुने भएको छ ।
आफ्ना दुई छोरा अलग अलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो ।
जञ्जाली रानाका जेठा छोरा कर्णबहादुर राना नेपाली कांग्रेसबाट डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार बन्नुभएको छ छन् कान्छा छोरा लोकेन्द्र राना (शितल) नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार छन्।
दुवै छोरा उम्मेद्वार बनेको खुशी भएपनि आफूलाई भोट दिन भने समस्या हुने उनले बताए ।
Facebook Comments Box