कनकाई । जतिबेला केपी शर्मा ओली झापा विद्रोहका नाममा हिंसात्मक संघर्षमा थिए, त्यतिबेला एकजना कांग्रेसी कवि हरिभक्त संग्रौलाले लेखेको कविता चर्चामा थियो- ‘होइन मैले ढाँटेको, वामपन्थीले टाउको काटेको ।’
यही कविताका कारण संग्रौला कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नजिकको पात्र बन्न पुगे ।
हरिभक्तले वीपी विचार ग्रामीण विकास परियोजनाका नाममा झापा र मोरङमा एनजीओ समेत चलाए । तर, पछि परियोजनाका नाममा विपीको नामै वदनाम गरेको आरोप उनीमाथि लाग्यो । र, उनले केही समय इलाका प्रहरी कार्यालय, बिर्तामोडको थुनामा पनि बस्नु पर्यो ।
कांग्रेसी कवि हरिभक्त संग्रौलाले लेखेको कविता चर्चामा थियो- ‘होइन मैले ढाँटेको, वामपन्थीले टाउको काटेको
त्यसपछि हरिभक्त नेपाली कांग्रेस पार्टीबाट रुष्ट भए । र, प्रचण्डको नेतृत्वमा रहेको नेकपा माओवादीमा प्रवेश गरे । पछि माओवादी पार्टीको विभाजन हुँदै जाँदा उनी पनि विभिन्न समूहमा बाडिँदै गए ।
कवि हरिभक्त मात्रिका यादव नेतृत्वको पार्टीदेखि लिएर वैद्य माओवादी हुँदै विप्लव माओवादीसम्म पुगे । तर, अहिले विप्लप माओवादी छाडेर उनी उपमेयरको उम्मेदवार बनेका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीबाट उनी कनकाई नगरपालिकाको उपमेयरमा उठेका छन् ।
हेर्नुस् भिडियो