विर्तामोड । झापाका सम्पूर्ण मतदाताको मतदाता परिचय पत्र आगामी असार ११, १२ र १३ गते वितरण गरिने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिएका छन् ।
उनले मतदाता परिचय पत्र आफ्नै मतदान केन्द्रमा वितरण गरिने जानकारी दिए । आचार्यले सोही मतदान केन्द्रमा गएर मतदाता परिचय पत्र लिन मतदातालाई आग्रह गरेका छन् ।
मतदाता आफैंले मतदान केन्द्रमा गएर परिचय पत्र लिन उनले अनुरोध गरेका छन् । तर कसैको अपरझट कुनै काम गरे घरका एकजनाले परिचय लिनसक्ने उनले बताए । परिचय पत्र लिन जाँदा आफ्नो नागरिकता बोकेर मतदान केन्द्रमा जान आचार्यले बताए । घरका एकजनाले घरका सबै मतदाताको परिचय पत्र लिनु परे सबैको नागरिकता मतदान केन्द्रमा लैजान उनले आग्रह गरे ।
Facebook Comments Box