भद्रपुर । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि भद्रपुर नगरपालिकामा शिव राजभण्डारीको नेतृत्वमा उम्मेदवार घोषणा गरेको छ ।
केन्द्रका एक नम्वर प्रदेश सहइन्चार्ज सावित्रीकुमार काफ्लेको प्रमुख आतिथ्यमा जिल्ला इन्चार्ज विजय सम्पाङले उम्मेदवारको नाम घोषणा गरेका हुन् ।
सो अनुसार उपमेयरमा कुमारी स्वर्णिका सिंहलाई अघि सारिएको छ । नगरका वडाध्यक्षहरुमा १ नं. का लागि मेदिनी शिवाकोटी, २ नं. का लागि चूडामणि दाहाल, ३ नं. मा विष्णु राई, ४ नं. मा हंशधर राजवंशी र ५ नं. मा सिता न्यौपाने उम्मेदवार बन्नेछन् ।
यसैगरी वडा नं. ६ मा मोहम्मद हजरत अली, ७ मा पुष्प राजवंशी, ८ मा चन्द्रबहादुर भुजेल, ९ मा रतन राजवंशी र १० मा भरतसिंह राजवंशीलाई उम्मेदवार बनाइएको छ । सो नगरमा ५२ पदका लागि पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
नगर निर्वाचन परिचालन समितिका संयोजक तथा सांसद मोहन टुडुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोलिटब्युरो सदस्य झलकसिंह दर्लामी, केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य नरेश सञ्जेल, सुजन लिम्बू, डिल्लीराम घिमिरेलगायतको उपस्थितिमा नाम घोषणा गरिएको हो ।