बिर्तामोड । नेकपा माओवादी केन्द्र बिर्तामोड नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि मेयर उपमेयरसहित १० वटै वडाको उम्मेद्वारी घोषणा गरेको छ । बिर्तामोडमा शनिवार उम्मेद्वारी घोषणाको कार्यक्रम आयोजना गरी मेयरमा सीपी कडरिया र उपमेयरमा लक्ष्मी न्यौपानेको नाम सार्वजनिक गरेको छ ।
त्यस्तै बिर्तामोड नगरपालिकाको १ नम्बर वडा अध्यक्षमा हाईकुमार राई, २ नम्बर वडा अध्यक्षमा नेठुलाल राजबंशी, ३ नम्बर वडा अध्यक्षमा चक्रप्रसाद बिमली, ४ नम्बर वडा अध्यक्षमा जनबहादुर जबेगु, ५ नम्बर वडा अध्यक्ष विरबहादुर दर्नाल, ६ नम्बर वडा अध्यक्षमा रामकृष्ण अधिकारी, ७ नम्बर वडा अध्यक्षमा नन्दकुमार उप्रेती, ८ नम्वर वडा अध्यक्षमा नवराज खतिवडा, ९ नम्बर वडा अध्यक्षमा मनप्रसाद लिम्बु, १० नम्वर वडा अध्यक्षमा रिमानध्वज लोक्तामले उम्मेद्वारी दिएका छन् ।
प्रत्येक वडामा खुल्ला सदस्य, दलित सदस्य, महिला सदस्य समेतले माओवादी केन्द्र बिर्तामोड नगरपालिकाको उम्मेद्वारी सार्वजनिक गरिएको छ । बिर्तामोड नगर कमिटिका अध्यक्ष कुवेर श्रेष्ठको अध्यक्षतामा भएको उम्मेद्वारी घोषणाका प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर १ का इन्चार्ज साबित्रीकुमार काफ्ले रहेका थिए । पार्टीकी निर्मला खतिवडाले स्वागत गरेको कार्यक्रममा पार्टीका जिल्ला संयोजक बिजय साम्पाङले उम्मेद्वा्रको नामावली बाचन गरेका थिए ।
उनले माओवादीले देशै जितेको जिकिर गरे उनले भने ‘ माओवादीले जे को लागि १४ हजार युवाको बलिदान गरेको थियो त्यो प्राप्त भइसकेको छ , परिणाम जस्तो सुकै आएपनि माआवादीले जितिसकेको छ ।’ कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरुले उम्मेद्वारलाई खादा र अविर लगाइदिएका थिए । पार्टीका भूपाल सापकोलाले सञ्चालन गरेको कार्यक्रममा शिखर कडरिया, मोहन टुडु लगायतको उपस्थिति रहेको थियो ।