उर्लाबारी। राष्ट्रपति विद्यादेवी भण्डारीकी देवारानी लक्ष्मी भण्डारीले उपमेयरको टिकट पाएकी छन् ।
भण्डारीले उर्लाबारीबाट एमालेको तर्फबाट उपमेयर पदको टिकट पाएकी हुन् । उम्मेदवार छनौटका लागि एमालेको विस्तारीत दुई दिने प्रदेश बैठकले उर्लाबारीको मेयर पदका लागि भुपालसिंह जिमी र उपमेयरको पदमा राष्ट्रपतिकी देवारानी लक्ष्मीलाई उठाउने निर्णय भएको एमाले स्रोतले बताएको छ ।
राष्ट्रिपतिको देवारानीभन्दा पनि एमाले कार्यकर्ताको हिसाबले आफूलाई मतदाताले चिनून् भन्न लक्ष्मी रुचाउाछिन् ।
घरमा बुहारी भएर राष्ट्रपति विद्यादेवी भण्डारी र लक्ष्मी भण्डारी १५ दिनमात्र सागै बसेका छन् । उनले सुनाइन–‘छोरी उषाकिरणसहित उहााहरु इटहरामा १५ दिनमात्र बस्नुभयो ।’
ती दिन सधै स्मरणीय रहने उनले सुनाइन् । घरको कामधन्दा सकेर हामी बुहारीहरु) मदन दाइको कुरा सुन्थ्यौा । घरमा पार्टीका नेताहरु आउनुहुन्थ्यो । मदन भण्डारीका विचारमध्ये लक्ष्मीलाई मन पर्ने चाहि क्रान्तिसम्बन्धीको रहेछ ।
स्वर्गीय नेता भण्डारीले भनेका कुरा उनले यसरी सुनाइन–‘बाटो खन्न सय जना मानिस गएको ठाउँमा आफू पनि त्यहाा जानु त्यो क्रान्ति होइन,बाटो खन्नका लागि सयजना ल्याउने गरी आफू अगाडि बढ्नु चाही क्रान्ति हो । ’ लक्ष्मीले ‘कृपावाद’ले टिकट पाएकी भने होइनन् । पार्टीमा उनले गरेको योगदान र श्रमको नतिजा उपमेयरको टिकट हो ।
भनिन्–‘मैले टिकट पाएको विद्या दिदीलाई पनि थाहा छैन । एमालेले मलाई उपमेयर पदको योग्य उम्मेदवार ठानेकोप्रति आभारी छु । टिकटका लागि कसैलाई फोन गरिान ।’ भण्डारीले २०४७ सालमा एमालेको संगठित सदस्य भएकी हुन् ।
जननेता मदन भण्डारीको बुहारी भएर उनी २०३५ सालमा भित्रिएकी थिइन् । लक्ष्मी स्वर्गीय नेता भण्डारीका साइला भाइ मोहन भण्डारीका श्रीमती हुन् । पार्टीमा उनी वडा सचिव, गााउ समिति सदस्य, इलाका सदस्य, क्षेत्रीय कमिटी सदस्यहुँदै जिल्ला सदस्यमा पदमा आसिन छिन् ।उनी २०५२ सालदेखि एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघकी जिल्ला सदस्य रहदै आएकी छन् ।
टिकट पाएको बारेमा सञ्चारकर्मीसाग कुराकानी गर्दै भनिन्–“ न्यायिक समितिमा मात्र हैन,अब निर्माण कार्यमा लाग्छु । ” भण्डारी महिला,बालबालिका तथा हिंसा पीडित महिलाहरुको पक्षमा काम गर्छिन् । सामूदायिक मेलमिलाप समिति मोरङको उपाध्यक्ष भएर उनले काम गरेकी छन् । तीन वर्षअघि मोरङ जिल्लामा धेरैलाई मेलमिलाप गराएको भन्दै जिल्ला अदालत मोरङका न्यायाधीशबाट उनी सम्मानित भइसकेकी छन् ।
उपमेयर पदको टिकट पाएकी भण्डारी मतदाताकहाा,हिंसा मुक्त,बालश्रम मुक्त उर्लाबारीको नारा लिएर चुनावी मैदानमा उत्रिने तयारी गरिरहेकी छन् । नगर क्षेत्रका सााघुरा सडक फराकिलो बनाउने,व्यवस्थित ढल निकासको निर्माण उनका विकास सम्बन्धिका एजेण्डाहरु हुन् । वर्षेनी बाढीको त्रासमा पर्दै आएको उर्लाबारीलाई उक्त त्रासबाट मुक्त गराउनका लागि नदी क्षेत्रमा तटबन्ध निर्माण गर्ने पनि उनको ध्येय छ ।
लक्षित वर्गका लागि आएको सीममूलक तालिमलाई व्यवस्थित,युवाहरुलाई सीममूलक कार्यक्रमको सञ्चालन भण्डारीले उपमेयर जितेपछि गर्ने कार्य हुन् । एक वडा एक वृद्ध चौतारी,एक चिल्ड्रेन पार्कको निर्माणलाई उनले प्राथमिकतामा राखेकी छन् ।
सडक बालबालिकालाई पुन:स्थापित गराउने पनि आफ्नो उममेयर भएपछिको योजना रहेको भण्डारीले सुनाइन् । उपमेयरमा निर्वाचित भए विपक्षीहरुको भावनालाई पनि समेटेर अगाडि बढ्ने भण्डारीले बताइन् ।
उर्लाबारीको समस्यासाग अवागत रहेको बताउदै उनले भनिन्–‘मतदाताले चुनाव जिताए/हराएपनि उर्लाबारीको समस्यासाग सधौ पैठेजोरी खेलिरहनेछु । ’