काठमाडौं । तिब्बतको पवित्र धार्मिक तीर्यस्थल कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय पर्यटक बढेका छन् । नेपालगञ्ज विमानस्थल हुँदै हुम्ला सिमकोटबाट मानसरोवर जाने भारतीय तीर्थालु पर्यटकहरु केही समययतादेखि चाप बढेको हो ।
गएको मे महिनाबाट भारतीय पर्यटकहरु मानसरोवर तीर्थस्थलको दर्शन गर्न जान सुरु गरेका छन् । हालसम्म १५ सय बढी पर्ययटक त्यस तर्फ प्रस्थान गरिसकेका छन् ।
सिमकोटदेखि हिल्सासम्म भारतीय पर्यटक ओर्सान अहिले दैनिक हेलिकप्टरले ४० देखि ५० वटा उडान भर्ने गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले जानकारी दिनु भयो ।
यता पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूको अनन्तपुर मन्दिर जीर्णोद्धार सुरु गरेको छ । दुई वर्ष अघि वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण सो चैत्यमा क्षति भई भत्कने स्थितिमा पुगेपछि केही भाग भत्काएर जीर्णोद्धार गर्न लागिएको हो ।