चारआली । आसन्न स्थानीय तहको चुनावका लागि झापाको मेचीनगर–१३ मा माओवादी केन्द्रले उम्मेद्धारको नाम सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचनका लागि गठित प्रचारप्रसार समितिले कुमार भट्ठराईको नाम १३ नम्बरको अध्यक्षका लागि सार्वजनिक गरेको हो ।
उम्मेद्धार अध्यक्ष विगत लामो समयदेखि चारआली बजार व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ भने चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पूर्व अध्यक्ष समेत हुनुहन्छ ।
कार्यक्रममा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा खुल्लातर्फ पहिलो पटक शारीरिक अपाङ्ग भएका चन्द्रप्रकाश लिम्बूसहित ४ सदस्यको नाम सार्वजनिक गरेको छ ।
लिम्बू २०४२ सालमा सवारी दुर्घटनामा परी अपाड्गहुनुभएको थियो । उहा ग्रामीण अपाङ्गता पुर्नस्थापना समिति दुहागढीका निर्वतमान अध्यक्ष पनि हुनुहुन्छ ।
सदस्यमा विष्णुमाया डाँगी, आदिवासीको नेतृत्व गर्दै मंगलसिंह राजवंशी, दलीत महिला तर्फ तारा विश्वकर्माको नाम सार्वजनिक गरेकोे वडा समिति अध्यक्ष खगेन्द्र सिग्देलले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका जिल्ला सदस्य प्रकाश भण्डारीको प्रमुख आतिथ्य, तथा प्रचारप्रसार समितिका संयोजक बद्री फुयाँलको अध्यक्षता सम्पन्न कार्यक्रममा मेचीनगरका मेयरका उम्मेद्धार हंशलाल राजवंशीलगायतले बोलेका थिए भने बद्रीप्रसाद भट्ठराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।