बिर्तामोड । जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मेचीनगरको प्रमुख पदमा उमेद्वारी घोषणा गरेका विजय डालमियाले आफ्नो उमेद्वारी फिर्ता लिएका छन् ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका डालमियाले काँग्रेस पार्टीको विजयका लागि आफुले उमेद्वारी फिर्ता लिएको बताए ।
को ब्यक्ति नगर प्रमुख बन्ने भन्दा पनि आफु आबद्ध पार्टीको जित महत्वपूर्ण भएकाले पनि पार्टीलाई निर्णय गर्न सजिलोका लागि उमेद्वारी फिर्ता गरेको डालमियाले सुनाए ।
उमेद्वारी फिर्ता भए पनि आशन्न निर्वाचनमा काँग्रेसको उमेद्वारलाई जिताउन आफु कटिबद्ध भएर चुनावी अभियानमा लाग्ने डालमियाले बताए ।
मेचीनगर–६, काकरभिट्टाका डालमियाले नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुख पदमा एक महिना अघि पत्रकार सम्मेलन गरी उमेद्वारी घोषणा गरेका थिए ।
Facebook Comments Box