काठमाण्डाैं । दोश्रो चरण अन्तरगत जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर सातमा मतदाता शिक्षा कार्यक्रम पुनः सुरु हुने भएको छ ।
यसअघि बैशाख ३१ गतेको चुनावको मिति सरेपछि मतदाता शिक्षा कार्यक्रम स्थगित गरिएको थियो । प्रदेश नम्बर सात अन्तरगतका सबै जिल्लामा मतदाता शिक्षा कार्यक्रम पुनः संचालन गर्न लागिएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।
मतपत्र बदर नहोस् भनेर मतदाता शिक्षा कार्यक्रम संचालन गर्न लागेको जानकारी दिंदै आयोगले घरघरमा गएर मत हाल्ने तरिकाबारे मतदातालाई जानकारी दिने बताएको छ ।
जेठ ३१ गते तोकिएको निर्वाचनमा मत बदर नहोउन भनेर प्रदेश नम्बर सातमा मतदाता शिक्षा कार्यक्रम पुनः संचालन गर्न लागिएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहन अर्यालले बताउनुभयो ।
Facebook Comments Box