काठमाडौँ । वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको २४१ स्थानको मतपरिणाम प्राप्त भएको छ ।
प्राप्त मतपरिणाम अनुसार नगर तथा गाउँपालिका गरी नेकपा एमाले ९८ स्थानमा जीत हात पारेको छ। यस्तै कांग्रेस ९२, माओवादी केन्द्र ४५, नयाँशक्ति नेपाल १, जनमोर्चा १, राप्रपा १, तथा स्वतन्त्र ३ स्थानमा विजयी भएका छन्।
यस्तै उपाध्यक्ष/उपमेयरमा एमाले १११, कांग्रेस ७२, माओवादी ४६, राप्रपा ५, अन्य ७ स्थानमा विजयी भएका छन्।
पहिलो चरणामा निर्वाचन हुने ३४ जिल्लाका २८३ तहमध्ये दुइ स्थानमा निर्विरोध प्रतिनिधि चयन भएका थिए। २८१ स्थानमा वैशाख ३१ गते निर्वाचन भएको थियो।
अव चारवटा महानगरसहित ४२ नगर तथा गाउँपालिकाको नतिजा आउन बाँकी छ। ४२ मध्येकै कालिकोटको नरहरिनाथ र दोलखाको मेलुङमा स्थगित भएको दोस्रो चरणको निर्वाचन भएको छैन।
Facebook Comments Box