काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले अग्रता कायमै राख्नु भएको छ । बिहान १० बजेसम्मको परिणाम अनुसार ३० हजार मत गणना भइसकेको छ ।
पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार शाक्यले ३ हजार ५ सय ९० मतअन्तरले अग्रता लिनु भएको हो । शाक्यले १० हजार २४५ मत प्राप्त गर्नु भएको छ । भने कांग्रेसका राजुराज जोशीले ६ हजार ६५५ मत प्राप्त गर्नु भएको छ ।
Facebook Comments Box