
बिर्तामोड । झापा चन्द्रगढीका किरण राजवंशीले मोबाइल किन्दा मोबाइल नै उपहार पाएका छन् । बिर्तामोडस्थित मोबाइल ग्यालरीबाट मोबाइल किनेका राजवंशीले मोबाइल ग्यालरीले सञ्चालन गरेको मासिक लक्की ड्रबाट उनले मोबाइल उपहार पाएका हुन् ।
उनलाई वैशाख महिनाको लक्की-ड्रबाट सामसुङ जे टु सिक्स मोबाइल उपहार स्वरुप प्राप्त गरेका हुन् । गत असोज महिनाबाट शुरु गरिएको लक्की-ड्र अन्तर्गत बैशाख महिनाको लक्की-ड्रबाट बिर्तामोडका बिष्णु शंकर, ताप्लेजुङका जीवन लिम्बू र बिर्तामोडकी सविना लिम्बूले गिफ्ट ह्याम्पर प्राप्त गरेको मोबाइल ग्यालरीका सञ्चालक प्रकाश सुवेदीले बताए ।
Facebook Comments Box