काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको अन्तिम मतगणना परिणाम एक साताभित्र आउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन मतगणनाको अवलोकन गर्दै निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले मत गणना ढिलो भएका कारण आयोगमाथि दवाव परेको बताउँदै एक साताभित्र मतपरिणाम आउने गरी काम थालिने बताउनु भयाे ।
मंगलबार विहान भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा मतगणना कार्यको अवलोकन गर्दै सचिव मैनालीले भन्नुभयाे , ‘मतगणना गर्ने स्थान थप गरी एक साताभित्र परिणाम ल्याउने तयारी भइरहेको छ ।’
सोमबार दिउँसो २ बजेबाट शुरु भएको महानगरको वडा नम्बर १ को मतगणनामा मंगलबार विहान ०९ बजेसम्ममा ७ सय ११ मात्र पुग्यो । यसैवीच विहान ०९ बजेभित्रबाट नै महानगरको वडा नम्बर ३२ को पनि गणना थालिएको छ ।
महानगरको वडा नम्बर १ नक्साल क्षेत्रमा पर्छ भने वडा नम्बर ३२ कोटेश्वर क्षेत्रमा पर्छ ।
Facebook Comments Box