काठमाडौं, जेठ २ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा हाल सम्मकाे मत परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ । हालसम्म ५६० मतपत्र गनिएकाे छ । जसमा शाक्यले १४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी साझा पार्टीका किशोर थापा रहेका छन् । उनले १ सय मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ९४ मत प्राप्त गरेका छन् भने विवकेशील नेपाली दलकी रन्जु दर्शनाले ७१ मत प्राप्त गरेकी छन् ।
Facebook Comments Box