काठमाडौं १ जेठ– काठमाडौं महानगरपालिकाको मेयरका लागि जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य अग्रस्थानमा छन् ।
एमाले उम्मेदवार शाक्यले ६६ मत पाएका छन् । दोस्रो स्थानमा साझा पार्टी देखिएको छ । साझा पार्टी समर्थित उम्मेदवार किशोर थापाले ५७ मत प्राप्त गरेका छन् ।
यस्तै कांग्रेसका राजुराज जोशीले ४७ मत ल्याएका छन् भने ३९ भोट सहित विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शना चौथो स्थानमा छिन् ।
माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले ६ भोट प्राप्त गरेका छन् ।
Facebook Comments Box