
काठमाडौं । संस्कृत भाषाका ज्ञाता तथा सञ्चारकर्मी जनार्दन घिमिरेको निधन भएको छ।
महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारका क्रममा सोमबार बिहान उहाँको निधन भएको हो।
गत बिहीबार काठमाडौँबाट दोलखा जाँदै गरेका उहाँ सिन्धुपाल्चोकको खाडीचौरस्थित तीनकिलोमा भएको बस दुर्घटनामा घाइते हुनु भएकाे थियाे ।
दुर्घटनामा उहाँका पिता मुक्तिनाथ घिमिरे र माता रत्नकुमारी घिमिरेको मृत्यु भएको थियो । घिमिरे परिवार निर्वाचनका लागि लामिडाँडा जाँदै थियो।
कान्तिपुर एफएममा उहाँले सञ्चालन गर्ने धार्मिक कार्यक्रम लोकप्रिय थियो। घिमिरेको अन्त्येष्टि अाजै पशुपतिस्थित अार्यघाटमा हुने पारिवारिक स्रोतले जनाएकाे छ ।
Facebook Comments Box